Wednesday, October 23, 2024

पानीको स्रोतको व्यवस्थापन सरकारको प्राथमिकताः मन्त्री खनाल

चितवन । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्षमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताएका छन् ।
चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको छ ।’
मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गिकरण गर्नु आवश्यक रहेकोमा जोड दिए । जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदैं गएको भन्दै उहाँले यसलाई रोक्नका लागि भू उपयोग नीति तथा भू–नीतिको तयारी भइरहेको जानकारी दिए ।
उनले भने, ‘डिप ट््युवेल, पुराना पानीका स्रोतको व्यवस्थापन र पानी पोखरीको व्यवस्थापन लगायतका काम गर्नसके खेतीयोग्य जमिनमा सिँचाइको समस्या हुदैन ।’ रासस

ताजा समाचार

सम्बन्धित समाचार