Wednesday, October 23, 2024

पत्रपत्रिकामा वातावरण समाचारः वातावरण सुधार्न सय योजना, मोवाइलबाटै फोहोर व्यवस्थापन

काठमाडौं । आज शनिबारका पत्रपत्रिकाहरुमा वातावरणका धेरै समाचार प्रकाशित भएका छैनन् । वन तथा वातावरण मन्त्रालयले वन र वातावरण सुधार्ने योजना सार्वजनिक गरेको समाचारले पत्रपत्रिकामा प्राथमिकता पाएका छन् । आज अरु पत्रिकाको तुलनामा अन्नपूर्ण पोष्टले वातावरणीय मुद्दालाई बढी प्राथमिकता दिएको छ .
‘वन मन्त्रीका सय योजना’ शिर्षकमा राजधानीले समाचार प्रकाशित गरेको छ । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय अर्थतन्त्रमा वन तथा वातावरणको क्षेत्रमा कार्ययोजना सार्वजनिक गरेको छ । ५ लाखको रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य पूरा गराउन कम्तीमा २० प्रतिशत योगदान मन्त्रालयले दिने कार्ययोजना सार्वजनिक गरेको छ । यही समाचारलाई अन्नपूर्ण पोष्टले ‘वातावरण सुधार्न सय योजना’ शीर्षकमा प्रकाशित गरेको छ । छेटु शेर्पाले लेखेको समाचारमा अर्थतन्त्रमा २० प्रतिशत योगदान पु¥याउने र एक वर्षमा शुन्य दशमलव १ प्रतिशत वन क्षेत्र विकास गर्ने लक्ष्य राखीएको छ । सो योजना वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सार्वजनिक गरे । राजधानी दैनिकमा ‘जेठबाट सबै औद्योगिक क्षेत्र लोडसेडिङमुक्त’ र ‘सातौं हब्र्स एक्स्पो सुरु’ शिर्षकको समाचार पनि प्रकाशित छ ।

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमै ‘डेढ दशकदेखि फोहोर खोज्दै हिमालमा’ शिर्षकको समाचार प्रकाशित छ । किरण दहालले लेखेको समाचारमा पिके शेर्पा जो हिमाली क्षेत्रबाट ल्याएको फोहोर बोक्दै हिड्ने गर्छन्,उनैको यथार्थता उजागर गरिएको छ ।
यसैगरी घरघरमा रहेका अजैविक फोहोर संकलनका लागी कसलाई कसरी बोलाउने भन्ने झन्झटबाट मुक्ति मिलेको छ । ललितपुर महानगरपालिकाले ल्याएको कवाडी नामक एपले कवाडीवाला र घरधनीलाई मात्र नभई फोहोर ब्यवस्थापनमा पनि सहजता ल्याउने भएको छ । ‘मोबाइलबाटै फोहोर व्यवस्थापन’ शिर्षकमा प्रकाशित समाचारलाई गोपीकृष्ण ढुंगानाले लेखेका छन् । अन्नपूर्ण पोष्टमा कृषि तथा वन विश्वविद्यालयको पहिलो दीक्षान्त सम्पन्न भएको खबर पनि छ । यसैगरी अन्नपूर्णको विचार पृष्ठमा गोपिकृष्ण ढुङ्गानाले ‘ चालिस वर्षपछि बाग्मती यात्रा ’ शिर्षकमा विचार प्रस्तुत गरेका छन् ।
यसैगरी कान्तिपुर दैनिकले ‘फेवा घटेको घट्यै’ शिर्षकमा टिप्पणीमुलक समाचार लेखेको छ । पोखराबाट लालप्रसाद शर्माले लेखेको सामग्रीमा ७५ वर्षदेखि १ सय भित्र ताल पुरिन सक्ने चेतावनी दिइएको छ । कान्तिपुरमा शनिबार प्रकाशित हुने कोसेली पृष्ठमा वीरु वाङदेलले ‘यो मेरो पहाड हो ’ शिर्षकको कविता छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार