Wednesday, October 23, 2024

एउटा सवारी पनि कम्पनीको रुपमा दर्ता हुने

काठमाडौं । सिन्डिकेट अन्तसँगै सरकारले एउटा सवारी साधन मात्रै भएपनि कम्पनीको रुपमा दर्ता गर्ने वताएको छ ।
गृहमन्त्रालयमा आयोजना भएको वैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठले यातायात कम्पनीको रुपमा दर्ता हुन एउटा सवारी साधन मात्रै भए पनि पुग्ने जानकारी गराएका थिए ।
कम्पनीमा दर्ता हुन कम्तिमा पाँच वटा सवारी साधन हुनुपर्ने प्रावधान रहेको भनि चर्चा आएपनि सरकारले एउटा सवारीलाई पनि कम्पनीको रुपमा दर्ता गर्ने निर्णय भईसकेकोे उनले जानकारी दिए ।  बैठकमा गृहमन्त्री थापा र यातायात मन्त्री महाशेठले व्यवसायीको बिमा लगायतका जायज माग संवोधन गर्न सरकार तयार रहेको भन्दै सिण्डिकेट हटाउने निर्णयबाट भने पछि नहट्ने जानकारी गराएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार