Wednesday, October 23, 2024

यातायात व्यवसायीको सम्पत्ति छानबिन गर्ने तयारी

काठमाडौं – सरकारले यातायात व्यवसायीको सम्पति छानबिन गर्ने तयारी थालेको छ ।

शुक्रबार दिउँसो सिंहदरबारमा बसेको गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाललगायत सरोकारवालाको बैठकले व्यवसायीहरुको सम्पत्ति छानविन र बैंक खाता रोक्का गर्ने निर्णय गरेको हो ।

बैठकमा साविकका यातायात व्यवसायी समिति र महासंघका हालका पदाधिकारीहरुको विवरण यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालयबाट लिएर सम्पत्ति छानबिन अगाडी बढाउन निर्णय गरेको हो ।

त्यस्तै सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात व्यवसायी महासंघ र समितिको विवरण तयार पारी विभागले बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत् राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा यातायात मन्त्री रघुवीर महासेठले कम्पनीको रूपमा व्यवसाय दर्ता गर्न कम्तिमा पाँच सवारी साधन हुनु पर्ने प्रावधान हटाइ एउटा सवारी पनि कम्पनीको रूपमा दर्ता गर्न सकिने जानकारी गराएका थिए । हड्तालमा उत्रेका समितीहरुको रुट खारेज गर्ने विषयमा समेत सरकारले तयारी गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार