Wednesday, October 23, 2024

महासंघका महासचिव सिटौला पक्राउ

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन रिपोर्टस् क्लबको कार्यालयमा पुगेका सिटौलालाई सादा पोषाकमा आएका प्रहरीले पक्राउ गरेका थिए ।

पक्राउ परेका सिटौलालाई महानगरिय प्रहरी परिसर टेकु राखिएको प्रहरीले जनाएको छ ।

क्लबमा आउनुअघि सिटौलाले क्लबका अध्यक्ष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार