Wednesday, October 23, 2024

पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ

काठमाडौं– गृह मन्त्रालयको निर्देशनपछि सरकारले यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष र महासचिवलाई पक्राउ गरेको जनाएको छ ।

यातायात क्षेत्रमा हड्ताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

त्यस्तै पक्राउ पर्नेमा हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने रहेका छन् ।

नारायणी यातायातका अध्यक्षसहितको खोजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार