गृहको आदेशपछि यातायात समितिका पदाधिकारी धमाधम पक्राउ

काठमाडौं– यातायात नचलाउने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

यातायात व्यवसायीको हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सो निर्देशन दिएसँगै प्रहरीले समितिका पदाधिकारीलाई धमाधम पक्राउ गरिहेको छ ।

मन्त्रालयले व्यवसायीलाई पक्राउ गरी अत्याश्यक ऐन २०१४ अनुसार कारवाही गर्न ७७ जिल्लाका सिडिओलाई निर्देशन दिएको हो । सरकारले केही दिन अघि अत्यावश्यक सेवामा हड्ताल निषेध गर्नेगरी राजपत्रका सूचना निकालेको थियो ।