Thursday, February 12, 2026

सरकारले वैकल्पिक यातायातको व्यवस्था गर्छ : मन्त्री महासेठ

काठमाडौं – भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले यातायात व्यवसायीहरुले आफ्नो अडान नछोडेमा यातायातको वैकल्पिक व्यवस्था गर्ने बताएका छन् ।

आज सिंहदरबारमा भौतिक, पुर्वाधार तथा यातायात मन्त्री, यातायात व्यवस्था विभाग लगायत सरोकारवाला निकायको बैठकमा बोल्दै मन्त्री महासेठले सिन्डिकेट खारेजीको विरोधमा उत्रिएका व्यवसायीविरुद्ध सरकारले कडा रुपमा प्रस्तुत हुने बताए ।

‘आफ्नो अडानबाट पछि हट्न सक्नुहुन्न भने सरकारले वैकल्पिक यातायातको व्यवस्था गर्छ र नीति नियम अनुसार आवश्यक कारवाही पनि गर्छ’, मन्त्री महासेठले भने ।

मन्त्री महासेठले व्यवसायीहरुले जुन कामका लागि परमिट दिएको हो त्यो काम नगरे परमिट खारेज गर्ने बताएका छन् । ‘यातायात परमिट खारेज गर्ने भन्ने कुरा छ, त्यसमा ढुक्क भए हुन्छ,व्यवसायीहरु’,उनले भने ‘किनकी जुन काममा लागि परमिट दिएको हो त्यही काम व्यवसायीले नगर्ने हो भने परमिट खारेज गर्दा के फरक पर्छ ?’

ताजा समाचार

सम्बन्धित समाचार