काठमाडौँ – पछिल्लो समय जलश्रोत तथा पानीको अभाव बढेसँगै यसको संरक्षणका लागि विभिन्न कार्यहरू भइरहेको छ। तैपनि नेपालमा दिनानुदिन जलश्रोतको मात्रा घट्दो छ। देश विभिन्न स्थानमा पानीको अभावमा सुख्खा लाग्न थालिसकेको छ।
यस्तो अवस्थामा विकासका कार्य तथा विभिन्न आयोजना निर्माण गर्दा योजना र सिद्धान्त अनुसार नचले निकट भविष्यमा पानीको संकट उत्पन्न हुनसक्ने जलश्रोत विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
हाकाहाकीकर्मी शालिक भट्टसँग कुरा गर्दै सिँचाई तथा जलश्रोत विज्ञ इन्जिनियर डाक्टर कृष्ण चन्द्र प्रसाद साह हामीले अहिलेदेखि नै जलश्रोतको संरक्षण र पानी बचाउने कार्यमा नलाग्ने हो भने भविष्यमा देशभर पानीको समस्या भयावह बन्ने बताउँछन्।
कुनै पनि विकास निर्माणका कार्य गर्दा योजना र सिद्धान्त अनुसार गर्नुका साथै पानी संरक्षणमा सबैले सहयोग पुर्याए मात्र पानीको अभाव हुनबाट बच्न सकिने उनको भनाइ छ। हचुवाको भरमा नयाँ नयाँ योजना बनाउने तथा काम गर्ने गर्नाले पानीको श्रोत सुक्दै गएको भन्दै यसलाई रोकेमात्र पानीको संरक्षण गर्न सकिने उनी बताउँछन्।