Wednesday, October 23, 2024

भीषण आँधी र वर्षाबाट भारतमा ७२ जनाको मृत्यु

काठमाडौं– भीषण आँधी र वर्षाका कारण भारतको उत्तरप्रदेश र राजस्थानमा कम्तीमा ७२ जनाको मृत्यु भएको छ ।

आँधीले उत्तर प्रदेशको पश्चिमी क्षेत्र, राजस्थान, आन्ध्र प्रदेश, पञ्जावको जनजीवन पनि प्रभावित भएको टाइम्सअफ इण्डियाले उल्लेख गरेको छ ।

समाचार अनुसार उत्तरप्रदेशमा ४५ को मृत्यु हुनुको साथै ३८ घाइते भएका छन् भने राजस्थानमा २७ को मृत्यु र एक सय बढी घाइते भएका छन् । त्यहाँका मौसमविद्हरुलाई उदृत गर्दै नवरभारत टाइम्सले लेखेको छ, ‘आँधीका कारण बुधबार बेलुका त्यस क्षेत्रको तापक्रम १० डिग्रीमा झरेको थियो ।’

उत्तर प्रदेशका राजस्व एवं राहत आयुक्त सञ्जयकुमारका अनुसार ज्यान जानेको संख्या अझ बढ्न सक्नेछ । उत्तर प्रदेश राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको र उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार