Tuesday, October 22, 2024

दशैँ अघि मेलम्चीको पानी कठिन

नवीन लुईटेल
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने तथा पाइप विछ्याउने काममा एकपछि अर्काे अवरोध देखिएपछि दशैंअघि पानी आउने सम्भावना न्यून हुँदै गएको छ ।
सुरुङ छिचोल्ने कार्य ३ साता अगाडी सकिएपछि दशैं अगाडी नै पानी ल्याउने भन्दै सरकारले एक विशेष कार्यक्रमको आयोजना नै गरेको थियो । सुरुङ खोलिएपछि भित्र ढलान, प्लास्टर लगायतका फिनिसिङका काममा अबरोध भईरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी अन्य विभिन्न साना समस्याहरु समेत आइरहेका छन् ।
कामदारको हड्ताल, सिमेन्ट लगायत निर्माण सामग्रीको अभाव र अन्य स्रोत साधन परिचालनमा केही समस्या देखिएको मेलम्ची खानेपानी आयोजनाका एक उच्च अधिकारीले जानकारी दिए । पछिल्लो साता सुरुङको वाँकी काम र पाइप विछ्याउने कार्य लगभग ठप्प भएको थियो । तर आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले केही साना समस्याहरु देखापरे पनि तत्काल समाधान गरिएको दावी गरे । 
पन्तले भने,‘साढे २६ किमी सुरुङमा ३ दशमलब ६ किमी प्लाष्टर भयो अब अझै २२ किलोमिटर फिनिसिङ गर्न बाँकी छ । ’ उनका अनुसार सुन्दरीजलमा पानी प्रशोधन केन्द्र तयार भएको छ । 

ताजा समाचार

सम्बन्धित समाचार