Tuesday, October 22, 2024

निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति पेश गर्न निर्देशन

काठमाडौं–नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका निर्माणाधिन जलविद्युत आयोजनाहरूलाई १५ दिनभित्र प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ ।

कतिपय कम्पनीले प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेर पनि निर्माण कार्य सुरु नै नगरेको तथा प्रगति सन्तोषजनक नरहेको भन्दै प्राधिकरणले निर्माण कम्पनी, सहायक कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन निर्देशन दिएको हो ।

गोरखापत्रमा सोमबार सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, ‘नेपाल विद्युत प्राधिकरणसँग पीपीए सम्पन्न भइ निर्माणाधिन अवस्थामा रहेका सम्पूर्ण जलविद्युत आयोजनाहरूले १५ दिनभित्र आफ्नो आयोजनाको भौतिक प्रगति प्रतिशत सहितको अद्यावधिक निर्माण तालिका र अपेक्षित आयोजना सम्पन्न हुने मिति उल्लेखित गरिएको प्रगति प्रतिवेदन नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभागमा अनिवार्यरुपले अउपलब्ध गराइदिन हार्दिक अनुरोध गरिन्छ ।’

गत शुक्रबार र शनिबार रसुवास्थित निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको अनुगमन गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ‘पीपीए गरेर आयोजना अगाडि नबढाउने कम्पनीको लाइसेन्स खारेज गर्ने’ चेतावनी दिएाक थिए ।

ऊर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काका अनुसार आयोजनाको प्रगतिको तथ्यांकलाई एकरूपता दिन तथा सोही अनुसार नीति अबलम्बन गर्न प्रगति विवरण बुझाउन भनिएको हो । ‘अब विद्युत् उत्पादनसँगै अनुगमन तथा नियमनमा पनि कडाइ गरिने भनेर ऊर्जामन्त्रीज्यू भन्दै आउनु भएको छ,’ खड्काले भने ।

ताजा समाचार

सम्बन्धित समाचार