Tuesday, October 22, 2024

धौलागिरीमा एक आरोहीको मृत्यु

 

काठमाडौं– म्याग्दीस्थित ८ हजार एक ६७ मिटर अग्लो धौलागिरी हिमाल आरोहण गर्न गएका एक विदेशी पर्यटक हिमपहिरोमा पुरिएर मृत्यु भएको छ ।

गत शुक्रबारदेखि हिमपहिरोमा सम्पर्क विहीन भएका इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको शव फेला परेपछि सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको छ । उनी वसेको पाल तिव्र हावाका कारण क्षतविक्षत भएपछि उनी वेपत्ता भएका थिए ।

प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीका अनुसार तेर्राको शव ६१०० किलोमिटरको उचाइमा भेटिएको थियो । धौलागिरी हिमश्रृंखलामा ७ हजार मिटर अग्ला अन्य १० वटा हिमशिखर छन् । पर्यटन विभागका अनुसार धौलागिरी हिमालको आरोहणको लागि २६ जना आरोही यस अगाडी नै आधार शिविरमा पुगिसकेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार