Tuesday, October 22, 2024

बहुमूल्य पत्थर रूबीसहित एक जना पक्राउ

काठमाडौं–नेपालको धादिङमा पाइने बहुमूल्य पत्थर रुबी अर्थात माणिक तस्करी गरिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
४६२ ग्रामरुबीसहित आइतबार काठमाडौंको नागढुंगाबाट पक्राउ परेका सूर्य तामाङलाई खानी विभागको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी महेन्द्र नेपालले जानकारी दिए ।
उनका अनुसार धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५८४६ नम्बरको माइक्रोमा सवार धादिङ निलकण्ठ नगरपालिका–४का तामाङले आफूसँग रुबी ल्याएका थिए । चेकजाँचको क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तामाङविरुद्ध खनिजको अवैध उत्खन्न र ओसारपसार ऐनअनुसार कारबाही अगाडि बढाइएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
खानी विभागका अनुसार धादिङमा रुबी, जाजरकोटमा काइनाइट, टुमार्लिन र क्रिष्ट्रन, ताप्लेजुङमा हेम्वरगाइड र संखुवासभामा डेम्वराइट र गार्नेट पत्थर पाइने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार