Tuesday, October 22, 2024

पेरिस सम्झौता कार्यान्वयनको निर्देशिका बन्दै

जलवायु परिवर्तन सम्वन्धी सन् २०१५ मा भएको ऐतिहासिक पेरिस सम्झौता कार्यान्वयनको निर्देशिका तयार पार्न अप्रिल ३० देखि मे १० सम्म जर्मनीको बोनमा उच्च सरकारी अधिकारीहरुकोे वैठक हुने भएको छ ।

निर्देशिका तयार भएमा यो सम्झौता कार्यान्यनमा आउने छ । यसको पूर्ण व्यवहारिक कार्यान्वयनको लागि निर्देशिका तथा सञ्चालन म्यानुलको आवश्यकता पर्दछ । यसको अन्तिम निर्णय चाहि यस वर्षको अन्त्यतिर पोल्याण्डमा हुने वातावरणसम्वन्धी संयुक्त राष्ट्रसंघिय सम्मेलनले गर्ने छ । सो सम्झौता कार्यान्वय गर्ने प्रक्रिया ठिक ढंगले अगाडी वढीरहेको छ अथवा छैन भन्ने भन्ने मुल्याङकन गर्नका लागि पनि निर्देशिका छिटो भन्दा छिटो तयार पार्नुपर्ने हुन्छ । पोल्याडमा हुने कोप–२४ सम्मेलनमा सफलता हात पार्नका लागि मुलुकहरुले सो निर्देशिकाको वारेमा गहन छलफल गर्न आवश्यक देखिन्छ । कोपको गत वर्ष नोभेम्वरमा भएको वैठकमा सबै मुलुकहरु यो प्रक्रियलाई गति दिनको लागि सहमत भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार