Tuesday, October 22, 2024

जैविक विविधता विषयमा लेख पठाउन आग्रह

विश्व जैविक विविधता दिवसको अवसरमा आगामी जेठ ८ मा आयोजना हुने लेख प्रतियोगताको लागि लेखहरु पठाउन अन्र्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

इसिमोडका ८ सदस्य राष्ट्रका विद्यार्थीले जैविक विविधता सम्बन्धमा आफ्नै शैलीमा खोज तथा अनुसन्धानमुलक लेख रचनाहरु पठाउन सक्नेछन् । ३० बर्ष ननाघेका विभिन्न तहमा अध्ययनरत विद्यार्थीले ७ सय ५० देखी ८ सय शब्द सम्मको लेख पठाउन सक्ने इसिमोडले जनाएको छ ।

उत्कृष्ट लेखलाई १ सय अमेरिकी डलर पुरस्कार दिइने इसिमोडले जनाएको छ । सन् १९९२ मा ब्राजिलमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी पारित गरेपछि सन् १९ सय ९४ देखि हरेक वर्षको मे २२ का दिन विश्व जैविक विविधता दिवस मनाउन सुरु गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार