Tuesday, October 22, 2024

स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

झापा मेचीनगरका नगरपालिकाका तीन वडाका चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् ।

मेचीनगर नगरपालिका– १, २ र ३ नं वडामा बासोबास गर्ने चार हजार ५५० घरपरिवारका १६ हजार जनाकोे बसोबास रहेको स्थानमा पानीको समस्या रहेको उक्त नगरपालिकाका सूचना अधिकृत अशोक भेटवालले जानकारी दिए ।

पानीको स्रोत नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य भएको मेचीनगर–२ की लक्ष्मी चापागाईंंले बताए । पानीको समस्या समाधानका लागि पटक पटक पहल गरे पनि सुनुवाइ नभएको गुनासो उनले गरे ।

“स्थानीय तहको चुनावमा पनि पानीको समस्या उठाइएको थियो”, चापागाईंले भने, “आश्वासन त पाइयो तर पानीको समस्या समाधान भएको छैन । अझ वर्षायामका समयमा त आकाशे पानी थापेर प्रयोगमा ल्याइने गरिन्छ । ”

नगर क्षेत्रभित्र तीन ठूला खानेपानी आयोजना सञ्चालन भए पनि आफूहरुका लागि कहीँकतैबाट पहल नहुँदा यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि पानीको समस्या भोग्दै आएकोस्थानीयवासी संगंीता खड्काले बताईन् ।

विसं २०५३ मा नगरपालिका बनेको मेचीनगरले २० वर्ष बितिसक्दा पनि यस क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न सकेको थिएन तर अहिले भने पहल भइरहेको नगरप्रमुख विमल आचार्यले जानकारी दिए । उनले खानेपानी विभाग लगायत अन्य सरोकारवालालाई यस विषयमा जानकारी गराइएको वताए । रासस

ताजा समाचार

सम्बन्धित समाचार