Tuesday, October 22, 2024

सोमबारदेखि मौसममा सुधार आउने

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सोमबारदेखी मौसम खुल्ने भएको छ । विगत २–३ दिन यता पानी परिरहेको पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबारबाट मौसम खुल्ने जानकारी दिएको छ ।

केही दिनयता ठाउँ–ठाँउमा छिनछिनमा पानी पर्ने,रोकिने, आकाश धुम्म पर्ने लगायत भइरहेका छन् । शुक्रबार बेलुकीदेखि सक्रिय भएको न्यूनचापीय क्षेत्रको प्रभावले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

आइतबार मौसम एकछिन खुले जस्तो देखीएपनि फेरि आकाशमा बादल लागी केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने अनुमान गरिएको छ । उनका अनुसार यो प्रणाली भोलिसम्म नै सक्रिय हुने देखिएको छ । ‘भोली सोमबारदेखी मौसममा सुधार हुने अनुमान छ’, श्रेष्ठले भने, ‘तर पुर्ण रुपमा यो प्रणाली निस्क्रिय नहुँदा दिन विराएर फेरी पानी पर्न सक्छ ।’

मनसुनी न्यूनचापीय क्षेत्र सक्रिय भएकोले पानी पर्ने र रोकिने क्रम जारी रहेपनि अहिले नै भने झरी पर्ने सम्भावना भने नभएको उनी बताउँछन् । राजधानी काठमाडौं लगायत कतिपय स्थानमा वर्षासँगै असिनासमेत परेको छ । यसपाली उपत्यकामा औसत भन्दा पनि बढी बर्षा भएको छ । अप्रिल महिनामा ६१ मिलिमिटर बर्षा भएको छ ।

एक महिनामा ६१ मिलीमिटर पानी पर्नुलाई औषत पानी मानिन्छ । यसपटक उपत्यकामा औसत यो भन्दा पनि नाघिसकेको मौसमबिद श्रेष्ठले जानकारी दिए । औषत भन्दा बढि पानी पर्नाले कतै कतै फाईदा भए भने कतै कतै बाढि पहिरो भुक्षय लगायतको समस्या आइपर्ने संकेत मिल्दछ ।

ताजा समाचार

सम्बन्धित समाचार