Tuesday, October 22, 2024

के– के छन् आजका दैनिक पत्रिकामा वातावरण सम्वन्धी समाचार ?

काठमाडौं सहित मुलुकका विभिन्न क्षेत्रको मौसम छिनछिनमै परिवर्तन हुन थालेकोको विषयलाई आजका दैनिक राष्ट्रिय पत्रपत्रिकाले प्राथमिकतासाथ छापेका छन् ।

नागरिक दैनिकले ‘केही दिनमा मौसम सुध्रने’ शिर्षकको समाचार प्रकाशित गरेको छ । सो समाचारका अनुसार राजधानी काठमाडौँ लगायत देशभर भइरहेको बद्ली मौसम बद्लीमा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडी हुँदै नेपालको दक्षिण भेगमा उत्पन्न भएको न्यूनचापीय प्रणालीका कारण मौसममा परिवर्तन भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सो समाचार अनुसार अहिलेको मौसम सोमबारसम्म रहनेछ ।

यस्तै धादिङबाट सरिता श्रेष्ठले लेखेको ‘असिनाले लुट्यो खुसी ’ शिर्षकको खबर नागरिकमै छ । गजुरी गाँउपालिका वडा नम्बर ७ र ८ मा असिनाले गर्दा कृषकका धान र तरकारी बाली नष्ट भएको हुँदा कृषक चिन्तीत भएका छन् ।

नयाँ पत्रिकामा ‘देशैभर औसत वर्षा हुने प्रक्षेपण, खाद्यान्न उत्पादन बढ्न सक्ने’ शिर्षकमा वीरेन्द्र ओलीले खबर लेखेका छन् । दक्षिण एसियान क्लाइमेट आउट लुक फोरमले यो वर्ष मनसुनको समयमा नेपालभरी औसत वर्षा हुने प्रक्षेपण गरेको छ । औसत वर्षा हुँदा कृषी उपादनमा बढावा मिल्ने मौसमविद्को भनाईलाई सो पत्रिकाले उल्लेख गरेको छ ।

आज अन्नपूर्ण पोष्टमा ‘नेपाल—भारत सीमावन पारि हरियाली, वारी उजाड’ शिर्षकमा सीमा क्षेत्रमा रहेका दुबैदेशका वनको समिक्षा सहितको खबर छापिएको छ । भीमकुमार बाँस्कोटाले फिदिमबाट लेखेको समाचारमा पश्चिम बंगाल राज्यसँगै सिमाना जोडिएको पाँचथरका वन उजाडिदै गएका छन् । भारततर्फ भने पहाडका टाकुरा घना जंगले हरियाली देखीएको छ । वन संरक्षणमा राज्यले चासो नदेखाउँदा नेपालका ती वन क्षेत्र उजाड हुँदै गएका छन् । जसले गर्दा त्यहाँका जडिबुटि चोरी निकासी समेत बढेको छ ।

‘असिनाले गहुँबाली नष्ट’ शिर्षकको समाचार अन्नपूर्ण पोष्टले छापेको छ । दैलेखबाट यज्ञराज थापाले लेखेको खबरमा असिनापानीका कारण त्यहाँका नौमुले , महावु , गुँरास गाउपालिका लगायतमा भित्राउने तयारी भएको गहुँ बाली नष्ट गरेको कुरा उल्लेख छ ।

आज राजधानी राष्ट्रिय दैनिकले ‘चीनलाई ओलीको उपहार,केटो समातियो’ शिर्षकको समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ । चीनलाई उपहार स्वरुप सरकारले पठाउने लागेका दुई जोडी गैँडामध्ये एउटा केटो बच्चा शनिबार समातिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २६ असार २०७३ को मन्त्रीपरिषद् बैठक अनुसार चीनलाई २ जोडी गैँडा दिने भनेको थियो । त्यही वचन अनुसार चीनलाई यो दुर्लभ एकसिंगे गैडा पठाउने तयारी स्वरुप यो केटो समातिएको हो । कान्तिपुर दैनिकले सो समाचार पृष्ठ ८ मा प्रकाशित गरेको छ । सो समाचारमा सरकारले चीनलाई दुई भाले र दुई पोथी गैंडा दिन लागेको उल्लेख गरेको छ ।

यसैगरी कान्तिपुर दैनिकमा दोलखाबाट राजेन्द्र मानन्धरले ‘स्वीसले रोपेको रुख काटिँदै’ स्वीस सरकारले ३ दशकअघि रोपेका सल्लाका रुख काट्न थालिएको छ । दिगो वैज्ञानिक वन व्यवस्थापनका नाममा रुख काट्न थालिएको समाचारमा उल्लेख छ । सो समाचारका अनुसार दोलखा सदमुकाम चरिकोटस्थित खोर्थली सामुदायिक वनमा रहेको २ हजार ८ सय १ नम्बरको रुख काटेर वन व्यवस्थापनले अभियान शुरु गरेको हो ।

कान्तिपुर दैनिकले नै एक रुपयाँ लिटरमा पानी किन्दै घर बनाउँदै शीर्षकमा सिन्धुपाल्चोकको समाचार प्रकाशित गरेको छ । गाउँघरमा रहेका पानीका स्रोतहरु सुक्न लागेपछि पानी किनेर घर वनाउन वाध्य भएको समाचार छापिएको छ ।‘च्याउ खेतीमा युवाको आकर्षण’ शिर्षकमा डडेलधुराको समाचार प्रकाशित छ । यो खबर राससबाट कान्तिपुरले साभार गरेको हो । यसैगरी हेटौँडाबाट प्रताप विष्टले ‘मकैको बीउ गोदाममा थन्कियो’शिर्षको समाचार छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार