Tuesday, October 22, 2024

असिनाले लाखौंँको क्षति

हावाहुरीसँगै परेको असिना पानीले नुवाकोट जिल्लामा लाखौंँको बाली नष्ट भएको छ ।

शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिए । डा गैरेका अनुसार तरकारी बालीमा घिरौँला, गोलभेडा, काँक्रो, करेलालगायत र फलफूलमा समेत क्षति पुगेको छ ।
“क्षतिको विवरण संकलन गर्न कर्मचारीहरु खटिएका छन् । वडा कार्यालय, गाउँपालिकाको कार्यालय नै क्षतिको विवरण संकलन गर्न लागेका छौ”,डा गैरेले भने, “केही दिनमा क्षतिको विवरण आउने छ ।” खेतमा लगाइएको मकैमा असिनाले असर गरेको वताइएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार