Tuesday, October 22, 2024

२५ मेगावटको सौर्य परियोजना शिलान्यास

नेपाल विद्युत् प्राधिकरणले हालसम्मकै ठूलो सौर्य परियोजनाको निर्माण थालनी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको उपस्थितिमा शुक्रवार सो परियोजनाको निर्माण शुरु भएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शुक्रबार मध्यान्ह देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सवैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास गरे ।
कूल २५ मेगावाट क्षमताको सो परियोजनाको लागत करीब चार अर्ब रहेको छ । देवीघाट जलविद्युत् केन्द्र परिसरमा निर्माण हुन लागेको सो सौर्य परियोजना हालसम्मकै ठूलो हो ।
नेपाल सरकार, प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण हुने सो परियोजना आगामी एक वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो परियोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।सो परियोजनाबाट दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । योजना सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार