Tuesday, October 22, 2024

वातावरण र जलवायु परिवर्तन सम्बन्धी तालिम

काठमाडौं – नेपाल वातावरण पत्रकार समूह(नेवापस) ले सात प्रदेशका १४ जना सञ्चारकर्मीलाई वातावरण र जलवायु परिवर्तनसम्बन्धी तालिम प्रदान गरेको छ ।

समूहले काठमाडौंमा आयोजना गरेको तीन दिने तालिमको पहिलो दिन वरिष्ठ पत्रकार मोहन मैनालीले गहन समाचार लेखन शैली, विषयवस्तुको उठान र समाचारको विषयवस्तु छनोटका सम्वन्धमा सहभागी पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए । वातावरण मन्त्रालयका पूर्व सह–सचिव बटुकृष्ण उप्रेतीले राष्ट्रिय तथा विश्वव्यापी रुपमा वातावरण र जलवायु परिवर्तनका मुद्दाहरुका विषयमा जानकारी गराएका थिए ।

वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक सुबोध गौतमले स्थानीयस्तरमा वातावरण र जलवायु परिवर्तनका मुद्धाका विषयमा प्रशिक्षार्थीहरुलाई जानकारी दिए ।

तालिमको दोस्रो दिन वरिष्ठ पत्रकार राजेन्द्र दाहालले गहन समाचार कसरी तयार पार्ने विषयमा प्रशिक्षण दिएका थिए । दाहालले गहन समाचार र खोजमुलक समाचारबीचको भिन्नता औल्याएका थिए ।

पत्रकार राजेश घिमिरेले वातावरण र जलवायु परिवर्तनसँग सम्वन्धित विषयहमा कसरी समाचार संकलन गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको अन्तिम दिन पत्रकारहरुले लेखनवृत्तिका लागि समाचार लेखनको विषय छनौट गरेका थिए । तालिममा सहभागि १४ जना पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गरिने वातावरण पत्रकार समूहले जनाएको छ । तालिम बैशाख ११ गते देखि १४ गतेसम्म सञ्चालन भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार