Tuesday, October 22, 2024

एकसिंगे गैंडालाई चीनको राष्ट्रिय चिडियाखानामा राखिने

वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले चीन सरकारलाई उपहार स्वरुप प्रदान गर्न लागेको एकसिंगे गैंडा आगामी जुनको दोस्रो सातासम्म पठाईसक्ने वताएका छन् । । सो गैंडा चीनको राष्ट्रिय चिडिया खानामा राखिने छ ।

नेपालका लागि चिनियाँ राजदुत यु होङसँगको भेटमा मन्त्री वस्नेतले सो जानकारी गराएका हुन् ‘चिनियाँ राजदुतसँगको भेटमा मन्त्री वस्नेतले चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैंडा राजधानी ल्याएर राख्नका लागि बासस्थानको निर्माण भइसकेको र आगामी जुन महिनाको दोश्रो साता एक जोडी गैंडा चीन पठाउने तयारीमा मन्त्रालय रहेको अवगत गराउनुभयो,’ वस्नेतको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो भेटमा चिनियाँ राजदुतले सो गैंडा चीन पठाउने सम्वन्धमा भएको तयारीको वारेमा जिज्ञासा राखेकी थिइन् । मन्त्री वस्नेतसँगको भेटमा राजदूत योङले नेपालको एकसिंगे गैंडालाई चीनको राष्ट्रिय चिडिया खानामा लगेर राखिने जानकारी दिदै ती गैंडाले चिनियाँ जनतामाझ नेपाललाई चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन् र सो गैंडाको छनौट तथा लैजाने प्रक्रियाको वारेमा छलफल गर्नको लागि एक् चिनियाँ टोली यतिवेला चितवनमा रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार