Tuesday, October 22, 2024

धुलो नियन्त्रण इकाई गठन

काठमाडौं उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या समाधानको सरकारले लागि छुट्टै इकाई गठन गरेर काम थालेको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा वातावरण मन्त्रालयले मन्त्रालयमा शाखाकै रुपमा रहने गरी ‘धुलो नियन्त्रण इकाई’ गठन गरेको हो । तत्कालका लागि सो इकाईको नेतृत्व वातावरण विभागका उपसचिव शंकारप्रसाद पौडेलले गर्ने मन्त्री वस्नेतको सचिवालयले जानकारी दिएको छ ।
वनमन्त्री बस्नेतले संविधानले हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्ने पाउने अधिकारको ग्यारेण्टी गरेको भन्दै सरकार संविधानप्रदत्त नागरिकका हकबारे कर्मचारीलाई सचेत गराएका थिए ।
उपत्यकामा धुलो र धुवाँ फैलनुको कारणबारे वातावरण विभागले अध्ययन प्रतिवेदन समेत तयार पारेको छ । सो प्रतिवेदनलाई आधार मानेर विभिन्न कदम चाल्ने मन्त्री वस्नेतले जनाएका छन् ।  धुलोको प्रमुख स्रोत सडक आयोजना निर्माणमा भइरहेको ढिलाई भएकाले आफूले सरोकारवाला सबै निकायलाई छलफलमा बोलाएको जानकारी पनि मन्त्री बस्नेतले दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार