Tuesday, October 22, 2024

सर्वोच्चले भन्यो– हनुमानढोका दरबार क्षेत्रमा भवन निर्माण नगर्नु

सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्रमा व्यापारिक भवन निर्माण रोक्न अन्तरिम आदेश दिएको छ ।

पछिल्लो समयमा यस क्षेत्रमा विजनेश एसोसिएट्स प्रालिका नाममा व्यापारीक भवन निर्माण प्रक्रिया अगाडी बढाएपछि सर्वत्र चिन्ता वढीरहेको समयमा अदालतले अन्तरिम आदेश जारी गरेको छ। सो भवन निर्माण कार्य रोक्न माग गदै दायर भएको रिटमाथि सुनुवाई गदै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले निर्माण कार्य तत्काल रोक्न आदेश दिएको हो।

अदालतले १६ गते दुबै पक्षलाई छलफललाई बोलाइएको छ। यस अगाडि ‘बफर जोन’मा मापदण्ड विपरीत भवन निर्माण भइरहेको भन्दै त्यसलाई रोक्न माग गदै स्थानीय युवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवदेन पनि दिइसकेका छन् । दरबावर क्षेत्रमा पछिल्लो समयमा अतिक्रमण बढ्न थालेको छ।

ताजा समाचार

सम्बन्धित समाचार