Tuesday, October 22, 2024

सरकारको प्राथमिकता हरित अर्थतन्त्रः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट कृषि उत्पदन वृद्धि र जलवायु परिवर्तनको समस्या न्युनीकरण सरकारको प्रमुख प्राथमिकता भएको वताएका छन् ।

वातावरण तथा कृषिको क्षेत्रमा कार्यरत संस्था सप्रोसले आयोजना गरेको ‘नेपाललाई हरियाली बनाउँ’ विषयक दुई दिने सम्मेलनलाई सम्वोधन गदै अर्थमन्त्री खतिवडाले कृषि क्षेत्रमा उत्पादकत्व वढाई गरिवी निवारण गर्ने कार्यमा सरकार लागिरहेको वताए । अर्थमन्त्रीले साधारण, सुलभ र उपयोग गर्न सकिने प्रविधी मार्फत रोजगारीका नयाँ क्षेत्र तथा अवसरको सिर्जना गर्नुपर्ने वताए ।

सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले जैविक कृषि, नवीकरणीय ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा गरिने स–साना लगानीबाट स्थानीयवासिले पर्याप्त फाइदा प्राप्त गर्नुपर्ने वताए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक भालेरिया जुलियाण्डले दिगो विकास लक्ष्यहहरुमार्फत अन्तराष्ट्रिय मापदण्डअनुसार ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अगाडि बढाउन आवश्यक रहेको वताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार