Tuesday, October 22, 2024

क्रसर उद्योगले प्रदूषण वढाएको स्थानीयको गुनासो

ललितपुर । ललितपुर जिल्लाको नल्लु खोला नजिक रहेका २ दर्जन वढी क्रसर उद्योगले स्वास्थ्यमा गम्भीर असर गरेको भन्दै स्थानियले आपत्ती जनाएका छन् ।

गोदावरी नगरपालिका– ६ मा रहेको नल्लु खोला वरपरका ती क्रसरको धुलो र चर्को ध्वनीले स्थानीय जनतालाई नराम्रोसँग सताउने गरेको छ । मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर गर्दा पनि सम्वन्धीत निकायले चासो नदिएको स्थानयीवासीको वताए ।

महालेखा परीक्षकको प्रतिवेदनले काठमाडौं उपत्यका आसपासमा सञ्चालनमा रहेका दर्जनौ क्रसर उद्योग दर्ता नभएको र अनुमति विना नै सञ्चालन भईरहेको उल्लेख गरेको छ ।

क्रसरले गर्दा आसपासका गैरीगाँउ, लप्से, कालिटार, शिर्खपा, टीका भैरब, बरुन्चुली लगायतका वासिन्दालाई असर गरेको स्थानीय रमेश तामाङले हाकाहाकीलाई वताए । ‘हामीलाई त्यही बाटो भएर हिडडुँल गर्दा सास फेर्न मुस्किल पर्छ,’ उनले भने धुलो र प्रदुषण यति छ की कुरै नगरौँ ।’ नाम नवताउने सर्तमा गैरीगाउँका एक वृद्धले त्रसर उद्योगका कारण वातावरण नराम्रोसँग विग्रिएको गुनासो गरे ।

ताजा समाचार

सम्बन्धित समाचार