Tuesday, October 22, 2024

विद्यालयको वातावरणीय अवस्था अनुगमन गरिने

काठमाडौं ( काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा वातावरणसँगै सरसफाइको अवस्था वुझ्न अनुगमन गर्ने भएको छ ।

विद्यालय शिक्षा स्थानीय तह मातहतमा आएपछि महानगरभित्रका ९४ वटै सामुदायिक विद्यालयको अनुगमनको तयारी थालिएको महानगरपालिका वातावरण विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । उनका अनुसार सामुदायिक विद्यालयमा सरसफाइ, खानेपानी, फोहर व्यवस्थापन, हरियालीको अवस्था वुझ्न अनुगमन गर्न थालिएको हो ।

‘बढ्दो सहरीकरणसँगै रुख विरुवाको महत्व अझ बढेको छ । विद्यालय परिसर हरियाली हुन जरुरी छ,’ कुँवरले भने, ‘फोहर व्यवस्थापन मात्र होइन विद्यार्थीलाई वातावरणीय सरसफाइबारे कसरी सिकाइन्छ त्यो पनि महत्वपूर्ण हो ।’ विद्यालयको अनुगमन पश्चात आवश्यक सुधारका निम्ति निर्देशन दिइने उनले बताए । कुँवरका अनुसार विद्यालयको अनुगमनमा स्रोत व्यक्तिसँगै सम्बन्धीत वडाका जनप्रतिनिधिसहित महानगरका प्रतिनिधि रहनेछन् । वैशाखभित्र अनुगमन सक्ने महानगरको लक्ष्य छ ।

ताजा समाचार

सम्बन्धित समाचार