Monday, October 21, 2024

विकासको ढाँचाले प्राकृतिक स्रोतलाई नष्ट गदै : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले विकासको ढाँचामा परिवर्तन ल्याउन आवश्यक भएको वताएका छन् ।
उनले अहिलेको विकासको मोडेलले प्राकृतिक स्रोतलाई नष्ट गरीरहेको भन्दै त्यसमा परिवर्तन ल्याउन आवश्यक भएकोमा जोड दिए । बारवरा फाउन्डेसले दिने बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार वितरण गदै यादवले अहिलेको विकासको मोडल सिधै डोजर लगाउने खालको भएका भन्दै यसले प्राकृतिक स्रोतलाई गम्भीर असर गरिरहेको वताए । यादवले चुर क्षेत्रको संरक्षणका लागि कसैले पनि चासो नदिएको गुनासो गरे ।
वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले चुरे दोहन रोक्नका लागि सरकार लागिपरेको र वन कटानी र क्रसर उद्योगलाई नियन्त्रण गर्ने वताए । ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’–२०१७ को पुरस्कार पत्रकार दिलीप पौडेल र कल्पना भट्टराईलाई प्रदान गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार