Monday, October 21, 2024

प्राकृतिक सम्पदाको नामबाट प्रदेशको नाम राख्न माग

चार नम्बर प्रदेशको नामाकरणको विषयमा विभिन्न वहशहरु भईरहेको सम्बन्धमा विभिन्न धार्मिक संगठनहरुले प्राकृति सम्पदालाई नामाकरणको आधार वनाउन माग गरेका छन् ।
क्षत्री समाज, ब्राह्मण समाज, ठकुरी संगम, दसनामी समाज र मुस्लिम धार्मिक संरक्षण सेवा समितिले पोखरामा ज्ञापनपत्र वुझाउँदै सोमबार सो माग गरेका हुन् । उनीहरुले जाति, धर्म सम्प्रदायको नामबाट प्रदेशको नामाकरण गर्दा विवाद उत्पन्न हुने भन्दै सो माग राखेका हुन् । पाँच नम्बर प्रदेशले साँसद विन्दुकुमार थापाको नेतृत्वमा नामकरण समिती वनाएको छ जसले विभिन्न सुझावहरु संकलन गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार