Tuesday, April 22, 2025

नमूना मध्यवर्ती सामुदायिक वनमा गिद्ध छोडिदै

चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका थप सात वटा गिद्ध जंगलमा छोड्नका लागि नवलपरासीको कावासोती नगरपालिका अन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ ।

यसअघि चैतको अन्तिम साता छ वटा गिद्ध त्यहाँ लगिएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गत वर्षका चार बच्चा, एउटा भाले माउ र दुई पोथी माउ गरी सात गिद्ध लगिएका थिए । यसअघि चैतमा गतवर्ष चार बच्चा र एक जोडी माउ गिद्ध जटायू रेष्टुरेण्ट पठाइएको थियो । खोरमा राखिएका ती गिद्ध केही महिनाअघि खुल्ला छाडिएको हो ।

हिले लगिएका १३ वटा गिद्ध पनि सोही खोरमा राखिएको छ । केही महिनापछि ती गिद्धलाई खुल्ला छाडिने जानकारी दिंदै उनले खोर बाहिर पनि गिद्धका लागि सिनो र पानी राखिएको छ । खोर बाहिर खाना खान आउने गिद्ध र भित्रका गिद्धका बीचमा घुलमिल बढाएर भित्रका गिद्धलाई प्रकृतिमा छाड्ने गरिएको छ ।

हाल प्रजनन केन्द्रमा ५० गिद्ध छन् तिनबाट २१ वटा अण्डा पारिएपनि छ वटाबाट मात्रै बच्चा कोरलिएका छन् । नयाँ जोडीले अण्डा पारेका र चार वटा भुइँमा पारेकाले सबै अण्डा कोरलिन नसकेका हुन् ।

प्रजनन केन्द्रमा डाइक्लोफिनरहित राँगाको मासु गिद्धलाई खुवाइँदै आएको छ । प्रकृतिमा गिद्ध लोप हुँदै गएपछि सरकारले गिद्ध संरक्षण कार्य शुरु गरेको हो । प्रजनन केन्द्रमा गिद्ध हुर्काएर प्रकृतिमा छाड्ने यो अभियान विश्वमा नै नेपालमा सफल भएको मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ वटा गिद्धलाई खुल्ला छाड्ने योजना बनाएको छ ।

खुल्ला छाडिने गिद्धमा रेडियो फ्रिक्वेन्सीसमेत जडान गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको हो । रासस

ताजा समाचार

सम्बन्धित समाचार