Monday, October 21, 2024

वातावरणलाई महँगो सावित हुँदैछ पेट्रोलियम पाइपलाइन

काठमाडौं । वातावरणको हिसावले नेपाल– भारत पेट्रोलियम पाइपलाइन निकै महँगो सावित हुने भएको छ । हालै प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समयमा दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर सो परियोजनाको उद्घाट्न गरेका थिए । सोसँगै पाइपलाइन निर्माण कार्यले केही दिनयता गति समेत प्राप्त गरेको छ तर वातावरणका धेरै विषयहरु ह्ल भईसकेका छैनन् ।
सो पाइपलाइन निर्माणको क्रममा हजारौ रुखहरु काटिने भएपछि यसप्रति सरोकारवाला तथा वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् । सोमवार सो आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कनको विषयमा आयोजना गरिएको सार्वजनिक सरोकार कार्यक्रममा वातावरणलाइृ पार्ने असरका सम्वन्धमा गहिरो चिन्ता व्यक्त गरिएको हो ।

वातावरणलाई कम क्षति होस भनेर नै स्थानिय तथा अन्य सरोकारवाल निकायले पर्सा राष्ट्रिय निकुञ्जको पूर्वतर्फबाट लैजानु उपयुक्त हुने सुझाब दिएका छन् ।  पर्सा राष्ट्रिय निकुञ्जको पश्चिमपट्टीबाट पाइपलाइन लैजाँदा ऐतिहासिक, पोखरी धारा, निकुञ्ज अगाडि रहेको हात्तीखोरसमेत हटाउनुपर्ने भएकोले पूर्वपट्टीबाटै लैजानुपर्ने माग उठिरहेको छ ।
पश्चिमबाट लगिएमा ५ हजार भन्दा बढी रुखहरु काट्नुपर्ने हुन्छ । पाइपलाइनको २८ किलोमिटर खण्ड विस्तारित सडकमा ८ किलोमिटर खण्ड पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ । ८ किलोमिटर वन क्षेत्रमा पनि ४.८ किलोमिटर निकुञ्जको र बाँकी मध्यवर्ती क्षेत्रका सामुदायिक वन भित्रबाट जान्छ । यसले वनलाई मात्र होइन अन्य वन्यजन्तुहरुलाई समेत असर पर्ने भन्दै वातावरणविदहरुले चिन्ता व्यक्त गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार