Monday, October 21, 2024

फुल्चोकीमा ७० प्रजातीका चरा

ललितपुरको गोदाबरी नगरपालिका अन्र्तगत फुल्चोकी जंगलामा गरिएको चरा गणनामा ७० प्रजातिका चराहरु फेला परेका छन् ।

नेपाल पंछी संरक्षण संघको आयोजनामा गरिएको चरा गणनाका क्रममा ७० प्रजातिका चराहरु भेटिएको संघका महासचिव विमल थापाले जानकारी दिए । चरा अनुसन्धानमा लामो समय काम गरेका संघका विज्ञहरू ज्योतेन्द्र ठकुरी, टेक घर्ती मगर र संघका महासचिव थापा लगायतका चरा संरक्षणकर्मी एवं अनुसन्धानकर्मीहरुको टोलीले चरा अबलोकन गरेको थियो । चार घण्टासम्मको उकालो यात्राका क्रममो चरा अवलोकन गरिएको थियो ।

अवलोकनका क्रममा सेतो कण्ठे तोरीगाँडा , मिल्टाँवा , तित्रो , कुथुरके , जुरेली लगायतका चरा देखीएको संघका महासचिव थापाले जानकारी दिए । पंछीविद् ठकुरीका अनुसार फुलचोकीमा ३२५ प्रजातिका चरा पाइन्छन् । देशैभरी साताव्यापी रुपमा चलेको वन्यजन्तु सप्ताह अन्र्तगत नै फुलचोकीमा चरा अबलोकन एवं गणना गरिएको हो

ताजा समाचार

सम्बन्धित समाचार