Monday, October 21, 2024

सगरमाथा कुनै कारणले पनि प्रदूषित हुनुहुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथा लगायत नेपालका उच्च हिमश्रृंखलामा जलवायु परिवर्तनको असर देखापर्न थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘पासाङ प्रतिष्ठा रजत दिवस’ का अवसरमा प्रधानमन्त्री ओलीले भने, ‘सगरमाथा कुनै कारणले पनि प्रदूषित हुनुहुँदैन ।’

संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुःखद रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा सफा हुन महासागरको सरसफाइमा समेत ध्यान दिनुपर्ने बताए ।

खाद्य पदार्थका खोल,प्लाष्टिक जन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरूप बनाउनु नहुने उनले बताए । प्रधानमन्त्री ओलीले सगरमाथामा जोखिम मोलेर नजान समेत आरोहीहरूलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालमा असंख्य हिमाल रहेको बताउदै तिनको संरक्षणमा ध्यान दिनु आवश्यक रहेको औंल्याए । ‘हाम्रा हिमाललाई संरक्षण गर्नुपर्दछ । नेपालको पर्यटनमा यिनै हिमाली दृष्यको योगदान अथाह छ,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार