Monday, October 21, 2024

लेलेको सामुदायिक वनमा आगलागी

ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेको एक सामुदायिक वनमा आगलागी भएको छ । लालिगुँरास सामुदायिक वनमा आइतबार साँझ सल्किएको आगो सोमबार विहान पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।

साँझपख दन्किएको आगो स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको सदस्य यशोदा सिलवालले बताइन् । ‘हामी सबै गाँउले भएर निभायौँ,कसैले गाग्रीमा पानी लिएर फाल्यौँ त कसैले स्याउलाले पनि निभायौँ’, उनले भनिन, ‘सबै जना मिलेर आगो निभाउन सफल भएकाले ठूलो क्षती हुनबाट जोगियो ।’ आगलागीमा परेर केही चराचुरुङ्गी पनि मरेको उनले बताईन् । आगलागीमा साना साना रुख र झाडी बुट्यान जलेर नष्ट भएको सिलवालले जानकारी दिईन् ।

फोटो : मनराज सिल्वालको फेसबुकबाट

ताजा समाचार

सम्बन्धित समाचार