Monday, October 21, 2024

रानीपोखरीः साढे दुई करोड व्यर्थ खर्च

काठमाडौँ, ९ वैशाख : रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म दुई करोड ५० लाख सकिएको छ ।

विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करीब सात करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए ।

स्थानीय बासिन्दा, पुरातत्व विभाग र काठमाडाै‌ महानगरपालिका बीच कुरा नमिल्दा हालसम्म निर्माण गरिएका सबै संरचना भत्काउने तयारी भएको छ । यस किसिमको तयारीसँगै हालसम्म करीब रु दुई करोड ५० लाख खेर गएको छ । विसं २०७३ वैशाख १० गतेदेखि वल्र्डवाइड कँडेल केएन केजी जेभीले पुनःनिर्माण शुरु गरेको थियो । काठमाडाै‌ महानगरपालिकाले भने आगामी जेठ १ गतेदेखि हालसम्म प्रयोग भएको आधुनिक निर्माण सामग्री हटाई पुनःनिर्माणको काम शुरु गर्ने जनाएको छ ।

जेभिका निर्देशक अर्जुन कँडेलका अनुसार सम्झौतानुसार पहिलो चरणको पर्खाल लगाउने काम सकिएको छ । स्थानीय बासिन्दाले भने नागरिकबाट लिइएको कर कामपाले खेर फालेको आरोप लगाएका छन् । दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराइएको इतिहासमा उल्लेख छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार