Monday, October 21, 2024

तराईका २२ जिल्लामा खानेपानीको समस्या समाधान गर्न दीर्घकालिन योजना : मन्त्री मगर

सरकारले तराई मधेशका २२ जिल्लामा देखापरेको खानेपानी समस्याको समाधानको लागि अल्पकालिन तथा दीर्घकालिन योजना ल्याउने वताएको छ ।

चितवनमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको अनुगमनपछि कर्मचारीहरुलाई सम्वोधन गदै खानेपानी मन्त्री बिना मगरले सो जानकारी दिएकी हुन् ।

उनले तराईका जनताहरुले स्वच्छ खानेपानीको समस्या भोगिरहेको भन्दै त्यसलाई समाधान गर्नुपर्ने वताइन् । मन्त्रीे मगरले स्वच्छ खानेपानीमा जनताको पहुँच उनीहरुको संवैधानिक अधिकार रहेको र त्यसलाई सरकारले सम्वोधन गर्नुपर्ने वताइन् ।

मन्त्री मगरले केन्द्र र प्रदेशको कामको वाँढफाँड नहुँदा समस्या आईरहेको वताइन् । नारायणी नदीको पानी व्यवस्थापन गरेर स्वच्छ पिउने पानीको व्यवस्था गर्ने सम्वन्धमा सरकारले सोचिरहेको जानकारी उनले दिइन् । उनले प्रत्येक जिल्लामा पानीको वर्तमान अबस्था र सम्वोधन गर्नुपर्ने विषयमा अध्ययन भईरहेको जानकारी दिइन् ।

ताजा समाचार

सम्बन्धित समाचार