Tuesday, April 22, 2025

एक वर्षपछि वातावरणमा देखिएका गुनासो समाधान :मन्त्री वस्नेत

वन तथा वातावरणमन्त्री शक्तिवहादुर बस्नेतले प्राकृतिक स्रोत व्यवस्थापन र वातावरण संरक्षणका लागि एकिकृत राष्ट्रिय योजना वनाउने तयारीमा मन्त्रालय लागेको वताएका छन् ।
नेपाल वातावरण पत्रकार समूह र स्वच्छ उर्जा नेपालले राजधानीमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा वोल्दै मन्त्री वस्नेतले सो कुरा वताएका हुन् । संघिय संरचनामा वातावरण र जलवायु परिवर्तनका विषयहरुलाई कसरी मूलप्रवाहमा ल्याउन सकिन्छ भन्ने विषयमा गहन छलफलका लागि सो कार्यक्रमको आयोजना गरिएको हो । मन्त्री वस्नेतले प्रदूषण मुक्त नेपाल मन्त्रालयको प्राथमिकता रहेको वताएका थिए ।
मन्त्री बस्नेतले संविधानले नै स्वच्छ वातावरणमा बाँच्न पाउन मौलिक हकको व्यवस्था गरेकाले यसलाई पूरा गर्न यो विषय हरेक टोल बस्तीको एजेण्डा बन्नुपर्ने धारणा व्यक्त गरे।
अबको एक वर्षपछि वातावरणमा देखिएका गुनासो समाधान हुने संकल्प गर्दै मन्त्री बस्नेतले यस अभियानलाई सफल बनाउन सरोकारवाला सबैको सहयोगको अपेक्षा समेत गरेका छन् । संविधानमा रहेको व्यवस्था अनुसार संघिय संरचनामा कस्ता किसिमका संरचनाहरु अपनाइन्छ र वनाउन आवश्यक छ भन्ने विषयमा संचारकर्मीहरुलाई जानकारी गराउन सो कार्यक्रमको आयोजना गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार