Monday, October 21, 2024

दुर्लभ पाटेबाघ म¥यो, अनुसन्धानका लागि नमुना संकलन

चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।

बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।

रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो । शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको भन्दै उहाँले अर्को बाघसँग जुधेर घाइते भएको र त्यही संक्रमणले मरेको हुनसक्ने उनले वताए । यसअघि हिजो उसले एउटा बँदेल समेत मारेर खाएको थियो । मरेको बाघको नमूना संकलन गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रयोगशालामा पठाइएको छ ।

पौडेलका अनुसार १५ दिनअघि समेत सोही वन क्षेत्रमा एउटा बाघ मरेको थियो । यसअघि चैत १० गते चितवन राष्ट्रिय निकुञ्ज नजिकै राप्ती नदी किनारमा बाघ मृत भेटिएको थियो । चैत र वैशाखमा मात्रै चितवनमा तीनवटा बाघ मरिसकेको छ । यसैबीच चितवन राष्ट्रिय निकुञ्जको जर्नेली पोष्टमा आज एकै ठाउँमा सात गैंँडा भेटियो । रासस

ताजा समाचार

सम्बन्धित समाचार