Monday, October 21, 2024

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति प्रस्ताव

प्रतिनिधीसभा नियमवाली मस्यौदा समितिले १० वटा विषयगत समिती प्रस्ताव गरेको छ । ति समितिहरुमध्ये एक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिती हो ।

यो समितिको मातहतमा कृषि, भुमि व्यवस्थापन तथा सहकारी, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले रहने छन् । यस अगाडी पहिलो र दोस्रो संविधान सभामा छुट्टै वातावरण संरक्षण समिति थियो ।

त्यसैगरी कृषि तथा जलस्रोत छुट्टै समिति थियो । अन्य प्रस्तावित समितीमा अर्थ, अन्तराष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य समिति, कानुन न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था समिति, विकास तथा प्रविधी समिति,शिक्षा र स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार