Monday, October 21, 2024

चीनमा परराष्ट्रमन्त्रीले भने–प्राकृतिक स्रोत साधनको विकासमा मिलेर काम गरौं

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले वनजंगल, काठ, जडिवुटी तथा चिसो हावापानीको क्षेत्रमा नेपाल र चीनले मिलेर काम गर्नुपर्ने वताएका छन् ।

चीनको चेङदुस्थित सिचुवान विश्वविद्यालयमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्वोधन गदै प्राकृतिक स्रोत र साधनको क्षेत्रमा रहेका सम्भावनाहरुलाई संयुक्त रुपमा विकास गर्न सकिने वताएका हुन् ।

‘नेपालमा धेरै प्राकृतिक स्रोतसाधन छन् । चीनसँग धेरै प्रविधीको साथै लगानी गर्न सक्ने क्षमता समेत रहेको छ । त्यसैले यो ठूलो सम्भावनालाई हामीले उपयोग गर्न सक्दछौ,’उनले भने । नेपालका केही जडीवुटी तथा वनस्पतिको विकास एवं प्रशोधनमा चिनियाँ कम्पनीहरुले चासो देखाईरहेको सन्दर्भमा ज्ञावलीले सो कुरा वताएका हुन् ।

मन्त्री ज्ञावलीले कृषिको क्षेत्रमा पनि दुई मुलुकले सहकार्य गर्न सक्ने वताएका छन् । ‘कृषिको क्षेत्रको सहकार्य गर्न सकिने ठूलो क्षेत्र छ त्यसलाई हामीले अगाडी वढाउनुपर्दछ,’ ज्ञावलीले भने । उनले चीनले कृषि क्षेत्रमा अपनाएका प्रविधीहरु नेपालमा पनि उपयोग गर्न सकिएमा त्यसले नेपालको उत्पादकत्व वढाउने वताए । ज्ञावलीले जलस्रोतको क्षेत्रमा पनि दुई मुलुकले तिव्र सहकार्य गर्न सकिनेमा जोड दिदै नेपालमा लगानीको लागि आग्रह गरे ।

पर्यटनको क्षेत्रमा अहिले भईरहेको सहकार्यलाई पनि विस्तार गर्न पर्यटनमन्त्रीले आग्रह गरे । सन् २०१८ को पछिल्लो तीन महिनामा ३६ हजार चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार