Monday, October 21, 2024

शुक्लाफाँटामा बाह्रसिंगाको अनुगमन शुरु

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन शुरु गरिएको छ ।

निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन र गणना गर्न थालिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले बाह्रसिंगाको वासस्थान, अवस्था र गणना कार्यसमेत भइरहेको जानकारी दिए । पाँच दिनसम्म सञ्चालन हुने अनुगमनले बाह्रसिंगाको नयाँ वासस्थान एवं समग्र अवस्थाबारे जानकारी हुने उनले वताए ।

यसअघिको रेकर्डअनुसार शुक्लाफाँटामा विश्वमै सबैभन्दा बढी दुई हजार ३०० को संख्यामा बाह्रसिंगा थिए । निकुञ्जकै मुख्य आकर्षणका रुपमा रहेको बाह्रसिंगाको अवलोकन गर्न निकुञ्ज कार्यालयबाट २४ किलोमिटरको दूरीमा रहेको शुक्लाफाँटा उपयुक्त स्थान हो । फाँटमा वन्यजन्तुका लागि चरनसँगै प्यास मेटाउन कृत्रिम तलाउ समेत निर्माण गरिएका छन् । रासस

ताजा समाचार

सम्बन्धित समाचार