Monday, October 21, 2024

चौंरी गाई महोत्सव सम्पन्न

पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकाको चाररातेमा चौंरी गाई महोत्सव सम्पन्न भएको छ ।

हिमाली क्षेत्रमा पाइने सो गाई महोत्सव ३३ सय मिटर उचाईमा भएको थियो जहाँ सयौ चौरीहरु जम्मा पारिएको थियो । सो महोत्सवको अवलोकन गर्नका लागि गाउँ गाउँबाट हजारौ स्थानियहरु जम्मा भएका थिए ।

सो महोत्सवको अवलोकनका लागि नेपाल, भारत र भुटानबाट समेत सहभागीहरु आएका थिए । यस क्षेत्रमा रहेको जैविक विविधताको संरक्षण गर्ने र सिमापार पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले सो महोत्सवको आयोजना गरिएको हो । चौंरीको दुधबाट दुधबाट छुर्पी लगायतका खाद्य सामाग्रीहरु वनाउने गरिन्छ । सो गाईको घिउ पनि निकै लोकप्रिय मानिन्छ । पाँचथर, ताप्लेजुङ, इलाम र संखुवासभा लगायतका जिल्लामा चौंरी गाई पाल्ने गरिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार