Monday, October 21, 2024

सगरमाथा आरोही पत्रकारलाई महानगरको २५ लाख सहयोग

काठमाडाै‌ महानगरपालिकाले सगरमाथा आरोहणमा निस्केका ५ महिला पत्रकारलाई २५ लाख रुपयाँको चेक हस्तान्तरण गरेको छ । महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यलेले सगरमाथामा फहराउनका लागि महानगरको दुई वटा झण्डा, महानगरपालिकाको नक्सा आरोहणदलका सदस्यहरुलाई हस्तान्तरण समेत गरे ।

महानगरपालिकाका कार्यक्रम संयोजक चन्द्रमणी भट्टराईका अनुसार दुईवटा झण्डामध्ये ठुलो झण्डा सगरमाथाको आधारशिवीरमा र सानो झण्डा चुचुरोमा फहराईने छ । सगरमाथा आरोहणका लागि महिला पत्रकारहरु न्यूज २४ की प्रिया लक्ष्मी कार्की, राष्ट्रिय समाचार समितीकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन,नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ रहेका छन् । आरोहरण टोली भोली लुक्लातर्फ प्रस्थान गदैछ ।

ताजा समाचार

सम्बन्धित समाचार