Thursday, September 19, 2024

बुङ्मतिको आरतीघर महानगर र गुठी संस्थानले बनाउने

ललितपुर – बुङ्मतिस्थित आरतीघर ललितपुर महानगरपालिका र गुठी संस्थान मिलेर पुनःनिर्माण गर्ने भएका छन्।

भूकम्पका समयमा भत्किएको यो घर भत्कँदा मत्स्येन्द्रनाथको विभिन्न पर्व र धार्मिक क्रियाकलापमा अवरोध पुगेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए। मत्येन्द्रनाथको जात्राका समयमा बाहेक अरु धार्मिक र सांस्कृतिक पर्वका समयमा आरती घरमा आरती गर्ने गरिन्थ्यो। उनले भने “घर चाँडो फर्काएर धर्मकर्ममा कुनै असर दिनु हुँदैन।”

साढे दुईतले घर निर्माणका लागि रु ५० लाख लाग्ने अनुमान गरिएको प्रमुख पौडेलले बताए। कार्यालयले विभिन्न स्थानमा छरिएर रहेका मन्दिर, पाटीलगायतका पुरातात्विक र धार्मिक महत्वका वस्तुको संरक्षण गर्दै आएको छ। स्थानीय निकायमा जनप्रतिनिधि आएपछि यी वस्तुको संरक्षणमा स्थानीय सरकारलेसमेत चासो देखाइरहेका छन्। मत्स्येन्द्रनाथसँग सम्बन्धित संरचना मर्मत, सुधार र पुनःनिर्माणमा पनि कार्यालयले स्थानीय निकायसँग सहकार्य गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार