Friday, September 20, 2024

शिवपुरी क्षेत्रमा ठूलो वर्षा, विष्णुमती र धोविखोलामा ‘आकस्मिक बाढीको सम्भावना

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी शिवपुरी क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । क्युमुलोनिम्वस बादलसहित सो क्षेत्रमा बुधबार बेलुकाबाट ठूलो वर्षा शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका अनुसार शिवपुरी क्षेत्रमा वर्षा भइरहँदा उपत्यकाको विष्णुमती र धोविखोलामा आकस्मिक बाढीको सम्भावना छ ।

बेलुकी ५ बजेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि शाखाले अपील गरेको छ । काठमाडौंमा मंगलबार राति पनि भारी वर्षा भएको थियो। वर्षाका कारण धोविखोलामा बाढी आएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार