लामखुट्टे विश्वकै एउटा खतरनाक जीव हो ,जसले अनैकौं रोगका जीवाणुहरू बोकेर वर्षमा १० लाख मानिसहरू मार्ने गर्दछ । अहिले , जिका भाइरस (लामखुट्टेबाट लाग्ने रोग) को कारणले दक्षिण अमेरिकामा जन्मिएका बच्चाको मस्तिष्कमा समस्या देखिएको छ । छ प्रतिशत लामखुट्टेहरू उनीहरूको प्रजनन विकासका लागि मानिसको रगत चुस्ने गर्छन् । जसले गर्दा मानिसमा विभिन्न रोगको संक्रमण देखिन थालेको छ । अहिले विश्वको आधा जनसंख्या लामखुट्टेले सार्ने रोगको जोखिममा रहेको नेचुरल रिसोर्सेज इन्स्टिच्युट एट द युनिर्भसिटी अफ ग्रिनविचका फ्रान्सेस ह्वकेर्सले बताए । बिबिसीका अनुसार यिनीहरूले मानिसको जीवनमा नराम्रो प्रभाव पारेका छन् । गरिब देशका १० लाख मानिस लामखुट्टे बाट लाग्ने रोगका सिकार बनिरहेका छन् । मलेरिया, डेंगु, ज्वरो र पहेले ज्वरो लगायत रोग लामखुट्टेको कारणले लाग्ने गर्दछ । लामखुट्टेबाट जोगिन जनचेतना, औषधि, उपकरण तथा विभिन्न औषधि बनाइए तापनि दीर्घकालीन निष्कर्ष निकाल्न सकिएको छैन ।