बाग्मती नदी प्रदूषणका कारण काठमाडौंमा जलपन्छीको संख्या घट्दै गएको नेपाल पन्छी संरक्षण संघले जनाएको छ । संघको आयो जनामा काठमाडौंको चोभार र टौदह क्षेत्रमा हालै जलपन्छी गणना गरिएको थियो । गणना कार्यक्रममा स्वयमसेवी पन्छी अवलो कनकर्ता,स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षणकर्मीको सहभागिता थियो ।
गणनामा १८ प्रजातिका करिब ३८५ जलपन्छी भेटिएको संघले जनाएको छ । ‘वागमती नदी अत्यधिक प्रदूषित हुनाले र टौदहमा मानवीय संरचना निर्माण तथा कृत्रिमताले तालको जैविक संरचना नाश हुँदा हिउँदयामको सुरुवातसँगै बढ्दो जाडो छल्न अनकुल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा आउने लपन्छीको प्रजाति र संख्यामा गिरावट आएको छ,गणना कार्यक्रमका संयोजक विमल थापाले बताए । थापाका अनुसार रुस, किर्गिस्तान, तुर्किस्तान,
ज्वेकिस्तान, अजरबैजान, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट सुरक्षित वासस्थानको खोजीमा जलपन्छी नेपाल आउने
गरेका छन् ।
काठमाडौंमा गरिएको गणनामा हिउँदे आगन्तुक पानी चर ा चखेवा–चखेवी, खडखडे हाँस, हरियो टाउके हाँस, बिजुलागैरी,कैलो टाउके हाँस, हिउग्लिन गंगाचिल र जलेवा देखिएका थिए । काठमाडांैका अलावा देशभरका प्रमुख सिमसार क्षेत्रको सीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदिशपुर ताल,घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, पोखरा तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरूमा जलपन्छी गणना भइ रहेको गणना कार्यक्रमका राष्ट्रिय निर्देशक नेपालका वरिष्ठ पन्छीविद् डा. हेमसागर बरालले बताए । नेपालमा पाइने ८७६ प्रजातिका चरामध्ये करिब १३९ प्रजातिका चरा पूर्णतया सिमसारमा आश्रित छन् । जसलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । नेपालमा विभिन्न सिमसार क्षेत्रमा आश्रित पानीचरा पछिल्ला दशकमा खासगरी वासस्थान संकुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध सिकार तथा व्यापार , बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले संकटमा पर्दै गइरहेका छन् । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् । नेपाल पन्छी संरक्षण संघको एक अध्ययनअनुसार संकटापन्न अवस्थामा रहेका १४९ प्रजातिका चरामध्ये चालिस प्रजाति सिमसारमा आश्रित छन् ।