कुहिने जति मलमा, नकुहिने जति कारखानामा

फोहर समस्या हो तर यसलाई प्रयोग गर्न जाने स्रोत हो । यसबाट कम्पोस्ट मलदेखि पुनः प्रयोग हुने सामानबाट धेरै कुरा बनाउन पनि सकिन्छ र यसबाट राम्रै आम्दानी पनि लिन सकिन्छ । यस किसिमको नयाँ मान्यतालाई स्थापित गर्न विराटनगरमा कार्यरत एकीकृत फोहर मैला व्यवस्थापनसम्बन्धी परियोजना ‘बी एम सी’ अमेरिको र्पइन्भारोमेनटल सभिर्सेस प्रालिले प्रयास गर्दै आइरहेको छ । शैयदहद नामक पाकिस्तानी मूलका एक अमेरिकी नागरिकले उक्त अवधारणालाई विराटनगर भित्राएका भए पनि उनी अहिले छैन्न । विराटनगर बासीलाई ठूलो सपना देखाएर राम्रै र कम कुम्ल्याउने उनको योजना विफल भएपछि उनी नेपाल छाडेर भागिसकेका छन् । तर , त्यसपछि भने पुरानो अवधारणाको बदलामा ठूलो परियोजनाको सट्टा सानै योजनाबाट विराटनगर को फोहर मैला तह लगाउने प्रयास गरिरहेका छन् । विराटनगर उपमहानगरपालिका आफैँले सडक सफा गराउँदा भन्दा ‘बी एम सी’ अमेरिकोर्पले सफा गरेको सडक बढी सिनिक्क देखिने गरेको छ । र , थोरै खर्चमा धेरै काम हुने गरेको छ । पहिला ९ किलोमिटर सडक सफा गर्न मासिक २ लाख खर्च हुन्थ्यो अहिले ‘बी एम सी’ अमेरिकोर्पले १ लाख ३० हजार रूपैयाँमा १४ किलो मिटर सडक सफा गरिरहेको छ, त्यो पनि दिनमा २ पटक ।

त्यसबाट रोजगारीको अवसर पनि सिर्जना गर्नाले उक्त अभियानप्रति धेरैको आकर्षण बढ्दै गइरहेको छ । बढ्दो सहरीकरण र जनसंख्याको चापसँगै विराटनगर मा फोहर मैलाको समस्या पनि बढ्दै गइरहेको छ । झट्ट हेर्दा विराटनगर जति फोहर र अव्यवस्थित देखिन्छ त्यही अनुपातमा यहाँ जम्मा हुने फोहर को परिणाम ४० घनमिटर अर्थात २४ टन जति मात्र छ ।

काठमाडौंको तुलनामा यो ज्यादै कम हो । तर व्यवस्थापनको अवधारणा भने दक्षिण पूर्व एसियामै नयाँ हो र यस्तो अवधारणालाई अघि बढाउने विराटनगर उपनगरपालिका अगाडि देखिएको छ । चालिस घनमिटर फोहर संकलन गर्न ७ करोड रूपैयाको खर्च भने सुन्दा ‘ एक आनाको कुखुरानौ आनाको मसला’ भनेझै लाग्थ्यो तर अहिलेको व्यवस्थापन त्यस्तो छै न । सानै योजनाबाट काम सुरु गरी बिस्तारै क्षमता बिस्तार गर्दैलै जाने सोचाइ ‘बी एम सी’ अमेरिकोर्पको छ । संकलित फोहर मा पनि अजै विकभन्दा जैविक नै बढी भएका ले प्रांगारिक मल बनाउन सकिने हुँदा त्यसमा बढी ध्यान दिन सकेमा फोहर बिस्तारै राम्रै आम्दानी दिन पनि सक्ने देखिन्छ ।

मोहन भण्डारी
वर्ष ४, अंक २, २०५७