जगत अधिकारी
कृषक, व्यापारी

म आफू पनि खेती–किसानी गर्ने मानिस भएका ले अर्गानिक खे तीतर्फ आकर्षित भएको हुँ । आफूले लगाएको अर्गानिक खेतीको उपयुक्त बजार नपाउने भएकाले गर्दा आफ्नै लगानीमा उपयुक्त स्थान छनोट गरी पसल पनि सुरु गरेको छु। अहिले बजार मा यस्ता पसलको संख्या बढ्दै गएको छ । यसले आममानिसले अर्गानिक वस्तुको महइभ्व बुझे को सहजै अनुमान लगाउन सकिन्छ । तरकारी तथा अन्य खाद्यवस्तुमा विषादी र रासायनिक मल प्रयोग अधिक हुँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेकाले अर्गानिक मार्केट दिनानुदिन फस्टाउँदो क्रममा छ । काठमाडौंको रानीवनमा मेरो आफ्नै फार्म छ । यसबाट हरिया सागसब्जी, सिजनअनुसार का तरकारीका साथै केही जडीबुटी पनि उत्पादन हुँदै आएको छ । त्यहाँबाट उत्पादन भएका र स्थानीय बासिन्दाले करेसाबारीमा उत्पादन गरेका अर्गानिक सागसब्जी बालुवाटारमा रहेको अर्गानिक पसलबाट बिक्री गर्ने गरेको छु । चिया, छुर्पी, गहुँको पीठो , महलगायत सामग्री पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर बाट आउने गरेका छन् । तर, अहिले को अवस्थामा ती सामान यहाँसम्म ल्याइपु¥याउन निकै कठिन छ । मानव स्वास्थ्यमा प्रतिकूल असर नहुने हुनाले अर्गानिक सामानको मूल्य बढी हुन्छ । कतिपय मानिस सस्तो मूल्यको पछाडि लाग्दा आफ्नो अमूल्य जीवनमाथि
पर्नेसक्ने असर बारे अनविज्ञ छन् । कालिमाटीमा सस्तो पाउने सागसब्जी यहाँ किन महँगो भन्दै मानिसहरू किन्न हचकिचाउँछन् ।
वर्ष १४, अंक ११, माघ २०७२